काठमाडौं। कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि ठमेलस्थित कर्मचारी सञ्चय कोषको कार्यालय बन्द गरिएको छ।
आइतबार र सोमबार कार्यालय बन्द गरिने कोषले सूचना जारी गरेको छ।
कोषको ठमेल कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न कार्यालय दुई दिन बन्द गरिएको हो।
सो अवधिमा कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा भने यथावत नै रहने कार्यालयले जनाएको छ।