आईपीएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।

युएईको शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २२८ रन जोड्यो। दिल्लीका लागि कप्तान श्रेयर इयरले ८८ रनको जोडे। उनले ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। पृथ्वी शाले ६६ रन जोड्दा शिखर धवनले २६ रन बटुले। रिशव पन्तले १७ बलमा ३८ रन जोड्का थिए।

बलिङतर्फ कोलकताका आन्द्रे रसेलले २ विकेट लिए। बरुण चक्रवर्ती र कमलेश नगरकोटीले एक एक विकेट लिए।

अन्य सम्बन्धित समाचार:  इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता

दुई सय २९ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा २१० रन जोड्यो। कोलकाताका लागि नितिन रानाले ३५ बलमा ५८ रन जोडे। इयान मोर्गानले १८ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन बनाए। यस्तै राहुल त्रिपाठीले १६ बलमा ३ चौका र ३ छक्का हान्दै ३६ रनको योगदान दिए।

बलिङतर्फ दिल्लीका एनरिच नोर्ट्जेले ३ विकेट लिए। हर्षल पटेलले २ तथा कागिसो रबाडा, मार्कोस स्टोइनिस र अमित मिश्राले एक एक विकेट लिए।

आईपीएलमा आइतबार दिउँसो मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद तथा राति किंग्स ११ पञ्जाव र चेन्नंई सुपरकिंग्सबीच खेल हुनेछ।