प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारको सुरक्षार्थ खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार प्राप्त भएको परीक्षणको नतिजामा ६५ सुरक्षाकर्मीको रिपोर्ट पाजेटिभ देखिएको हो। यसअघि शुक्रबार पनि दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

शनिबार पोजेटिभ रिपोर्ट आएकामा २८ नेपाली सेना, १८ सशस्त्र प्रह तथा १७ नेपाल प्रहरीमा आवद्ध सुरक्षाकर्मी रहेको श्रोतले बतायो।

शनिबार नै प्रधानमन्त्रीका सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।

अन्य सम्बन्धित समाचार:  विदेशमा थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु