प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने

काठमाडौं। कोरोना भाइरसको जोखिम बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने भएका छन्।

सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओली यस्तो निर्णय गर्न बाध्य भएका हुन्।

उनले प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट गने हैन भने कोहीसित पनि भेटघाट नगर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड संसदीय दलको नेता चुनिएकोबारे संसद् सचिवालयलाई जानकारी