कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द रहने

काठमाडौं। आफ्ना केही नेताहरु कोरोना भाइरसबाट संक्रमित भएपछि नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आइतबारदेखि पाँच दिनका लागि बन्द गरेको छ।

असोज १५ गते केन्द्रीय कार्यालयमा २५० जनाको स्वाब परीक्षण गरिएको थियो। ति मध्ये ५ केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज २२ गतेसम्म कार्यालय बन्द रहने बताए। केन्द्रीय सदस्यहरू गगन थापा, अर्जुननरसिंह केसी, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना भएपछि कार्यालय बन्द गरिएको हो।

पौडलका अनुसार १६० जनाको रिपोर्ट आउन बाँकी छ। सोमबार बस्ने केन्द्रीय समितिको बैठकबारे भने अन्योल छ।

आइतबार बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक भने स्थगित गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेसले बोलायो पदाधिकारी बैठक