महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

इन्दु धामी, कञ्चनपुर। आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि महाकाली अस्पतालमा आकस्मिक बाहेकका सवै सेवाहरु बन्द भएका छन्।

अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा सेनेटाइजेसन गर्नुपर्ने भन्दै १८ गते एक दिनका लागि मात्रै सेवा बन्द हुने जनाएको छ। अस्पताल प्रशासनका अनुसार असोज १५ गते भर्ना भई आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएको हो।

उनमा शनिबार साँझ मात्रै संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएलगत्तै आकस्मिक बैठक बसेर यस्तो निर्णय गरिएको अस्पतालले जनाएको हो।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप