जुम्ल्याहा बच्चा जन्माएकी महेन्द्रनगरकी सुत्केरीको कोरोनाबाट मृत्यु

बाँके। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ।

कञ्चनपुरको महेन्द्रनगरकी २९ वर्षीया सुत्केरीको आइतबार बिहान मृत्यु भएको हो।

केही दिन अघि उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन्। उच्च रक्तश्राव भएपछि उनलाई धनगढी लगिएको थियो।

उनको पाठेघरको शल्यक्रिया गरिएको थियो। ती सुत्केरीमा असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असोज १५ गते कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा