काठमाडाै। स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ।
यस्तै चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ। पछिल्ला दिनमा सुनको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ।