कञ्चनपुरमा पहिलोपटक कोरोना संक्रमितकाे मृत्यु

इन्दु धामी, कञ्चनपुर। आइतबार सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको पुर्नवास नगरपालिका–२ कि २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमण कारण नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हाे।

सेती प्रादेशिक अस्पतालमा जुम्ल्याह बच्चा एक छोरा र एक छोरीलाई जन्म दिएकी महिलामा असोज १४ गते कोरोना पुष्टि भएको र त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनलाई नेपालगन्ज मेडिकल कलेजमा रिफर गरी पाठेघरको अपरेसन गरिएको थियोे।

आइतबार बिहान साढे ४ बजे महिलाको मृत्यु भएको पुर्नवास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम धामीले बताए। मृतक महिलामा गर्भवती भएदेखि रक्तश्रावको समस्या थियो भने सुत्केरी भएपछि उच्च रक्तश्राव भएको थियो। योसँगै सुदूपश्चिममा कोरोना बाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  डोटीमा मृत अवस्थामा भेटिए शिक्षक