मकवानपुर। मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। घटनास्थलमै मृत्यु भएका दुवै जनाकाे पहिचान हुन नसकेको प्रहरीले जनाएकाे छ।
हेटौंडाबाट काठमाडौं आँउदै गरेको ना १ ज ४१०६ नम्बरको उक्त जीप भीमफेदी गाउँपालिका-६ स्थित उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ।
घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेकाे छ।