फ्रान्स र इटालीमा आँधीका कारण दुईजनाको मृत्यु

एजेन्सी।

फ्रान्स र इटालीमा आँधीका कारण दुईजनाको मृत्यु भएको छ। फ्रान्सको दक्षिणी क्षेत्र र इटालीको उत्तरपूर्वी क्षेत्रमा आएको ‘एलेक्स’ आँधीका कारण २५ जना हराइरहेको बीबीसीले उल्लेख गरेको छ। नाइसमा कयौं घरहरुमा क्षति पुगेको छ। आँधीका कारण आएको बाढीले बस्ती जलमग्न भएका छन्। आँधीका कारण सडक मार्ग बन्द भएको छ भने सर्वसाधरणलाई घरभित्रै बस्न भनिएको छ।

अन्य सम्बन्धित समाचार:  ‘हामी प्रधानमन्त्रीको बर्थ डे मा छौ, फैसलाबारे थाहा छैन’:  नेम्वाङ