काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार ३२९ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा बसेका छन्।
पछिल्लो २४ घण्टामा ७ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।