मकवानपुर जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे संख्या ३ पुग्याे

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ। ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

थप मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया देवीकुमारी गिरी रहेको प्रहरीले जनाएको छ। घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थमा मृत्यु भएका दुई जनाको पहिचान खुल्न नसकेको बताइएको छ।

आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँका लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा आइपुग्यो मेलम्चीको पानी, पानी हेर्नेहरूको भिड (फोटो फिचर)