एजेन्सी। स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई २–० गोलले पराजित गरेको हो।
रियल मड्रिडको जितमा विनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे। खेलको १६औँ मिनेटमा जुनियरले गोल गरी रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए।
बेन्जिमाले इन्जुरी समयको पाँचौँ अर्थात ९५औँ मिनेटमा गोल गरी जित दिलाएका हुन्। चार खेलबाट १० अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।
पाँच खेलबाट ९ अंक रहेको रियल बेटिस दोस्रो स्थानमा झरेको छ।