काठमाडौँ। चीनसँगको तातोपानी नाका ६ वर्षपछि आइतबारदेखि पुनः सञ्चालनमा आएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गर्दै तातोपानी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको जानकारी दिएकी छिन्।
२०७२ साल वैशाख १२ गते भुकम्पबाट जाँदा क्षति पुगेपछि तातोपानी नाका बन्द भएको थियो। राजदूत याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका सञ्चालनमा आएको बताइन्।
यससँगै चीनसँगका मुख्य दुई नाका तातोपानी र रसुवाको केरुङ नाका नियमित सञ्चालनमा आउने भएका छन्।
तातोपानी नाका बन्द हुँदा चीनसँगको आयात निर्यात प्रभावित हुँदै आएको थियो।