एजेन्सी। प्रारम्भिक ब्याटस्म्यान सेन वाट्सन र फाप डु प्लेसिसले कीर्तिमानी साझेदारी गरेपछि युएईको दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स १० विकेटले विजयी भएको छ।
आइतबार राति भएको खेलमा चेन्न्ईले किंग्स ११ पञ्जावलाई सहजै पराजित गरेको हो।
पहिला ब्याटिङ गरेको पञ्जावले ४ विकेटको क्षतिमा १७८ रन बनायो। पञ्जावका लागि कप्तान केएल राहुलले ६३ रन, मंयक अग्रवालले २६, मन्दीप सिंहले २७ तथा निकोलास पूरनले ३३ रन बनाए।
बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुस चावलाले एक एक विकेट लिए।
एक सय ७९ रनको लक्ष्य चेन्नईले बिना विकेटको क्षतिमा १७ दशमलव ४ ओभरमा पूरा गर्यो।
चेन्नईका लागि सेन वाट्सनले अविजित ८३ तथा फाप डु प्लेससले अविजित ८७ रन बनाए। दुवै खेलाडी बीच १८१ रनको साझेदारी भयो।
आईपीएलमा सोमबार राति रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।