झूटाे समाचार प्रकाशन गरी ब्ल्याकमेल गरेकाे आराेपमा एक जना पक्राउ

Prabhu Bank

काठमाडाैं। झूटाे समाचार प्रकाशन गरी ब्ल्याकमेल गर्ने, साइबार अपराध तथा ठगी गर्ने गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Saftey Pads

कर्णाली आवाज डट कम मार्फत झूटाे समाचार प्रकाशन गर्ने, कर्णाली एचडी फेसबुक तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने जुम्लाको कनका सुन्दरी गाउँपालिका ७ को रोकाया बडागाउँका २६ वर्षीय पसल रोकाया नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। ।

पक्राउ परेका रोकायाले पहिले पनि पटक पटक साइबर अपराध गरेको र अहिले पनि उनीमाथि ठगी मुद्दा चलिरहेको प्रहरीले जनाएकाे छ। विशेषगरी नर्सिङ पेसामा आबद्ध व्यक्तिहरुलाई रोकायाले निसाना बनाउने गरेको विज्ञप्तिमा उल्लेख छ। उनले सीटीईभीटी तथा नर्सिङमा नाम निकालिदिन्छु भनी यौन दु्र्व्यवहार तथा ब्ल्याकमेल गर्ने गरेका थिए।

अन्य सम्बन्धित समाचार:  कैलाली: सामूहिक बलात्कार आरोप लागेका एक जना अझै फरार

रोकायाले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिहरुको नाम तथा फोटो प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर ती आईडीहरुबाट जागिर लगाइदिन्छु, लोक सेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको बार्गेनिङ गरेको जस्तो देखिने दुवैतर्फको च्याट आफैंले गरी त्यो च्याटको स्क्रिनशट गरी दर्ता नगरी आफैले सञ्चालन गरेको न्युज पोर्टल र युट्युब च्यानलमार्फत समाचार बनाइ चरित्र हत्या गरेको विज्ञप्तिमा उल्लेख छ।

उनकाे गिरफ्तारीसँगै प्रहरीले उनकाे https://karnaliaawaj.com/ नामकाे वेबसाइट पनि खाेल्न नमिल्ने बनाएकाे छ।

Maruti Cement