विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

Prabhu Bank

विराटनगर। विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

Saftey Pads

मृतक पुरुष दुवै मोरङका नै हुन्। अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार कानेपोखरी गाँउपालिका ६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो।

कानेपोखरीका संक्रमित ब्लड क्यान्सरबाट पीडित थिए। उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो।

यस्तै रतुवामाईका संक्रमितमा ६ दिन अघि संक्रमण पुष्टि भएको थियो। उनी असोजन १३ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। उनी मधुमेहबाट पीडित थिए।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: आज संक्रमितभन्दा पाँच गुना धेरै डिस्चार्ज
Maruti Cement