संगीतकर्मी एडी भान हालनको निधन

Prabhu Bank

एजेन्सी। संगीतकर्मी एडी भान हालनको निधन भएको छ।

Saftey Pads

गितारवादक तथा प्रशिद्ध रक ब्याण्ड भान हालनका संस्थापक एडीको ६५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो। उनका छोराले निधनको पुष्टि गरेका हुन्।

डच–अमेरिकन संगीतकर्मी एडी घाँटीको क्यान्सरबाट पीडित थिए। उनको ब्याण्ड भान हालन जम्प गीतका लागि चर्चित छ।

भान हालनको मंगलबार क्यालिफोर्नियास्थित सेन्ट जोन्स अस्पतालमा निधन भएको हो।

अन्य सम्बन्धित समाचार:  अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम
Maruti Cement