इलाम: सहकारी र उद्योगले अनुदान पाउन थालेपछि मिल्क होलिडेको अन्त्य

Prabhu Bank

टिका खतिवडा, इलाम। प्रदेश सरकारले सहकारी संस्था तथा डेरी उद्योगहरुमा अनुदान दिन थालेसँगै मिल्क हाेलिडे अन्त्य भएपछि इलाम सन्दकपुर गाउँपालिका ३ तालगाउँका किसानहरुले पुरै महिना दूध बेच्न पाएका छन्। प्रदेश सरकारले इलामका दुग्ध उत्पादक सहकारी संस्थालाई चिस्यान केन्द्र सञ्चालन गर्न उपकरण दिन थालेपछि (मिल्क होलिडे) दूध नबिक्ने समस्याको अन्त्य भएको हो।

Saftey Pads

डेरीमा गरिएको लगानीले किसानलाई मिल्क होलिडेको समस्याबाट मुक्ति मिल्नुका साथै दूध प्रशोधन गरी दुग्घ जन्य पदार्थ उत्पादनमा सघाउ पुगेको छ।
इलामका दुई दग्ध उत्पादक सहकारी संस्थाको क्षमता अभिवृद्धिमा प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मंत्रालयले अनुदान उपलब्ध गराएको छ। अनुदानबाट औजार र उपकरण खरिदले मिल्क होलिडेको समस्या अन्त्य हुँदै गएको श्री दुग्ध उत्पादक सहकारी संस्था सन्दकपुर गाउँपालिकाका व्यवस्थापक निधिकान्त खतिवडाले बताए।

अन्य सम्बन्धित समाचार:  प्रहरी भन्छ: नग्न तस्वीर माग्नेसँग सचेत हुनुहोस्

सहकारी संस्थामा दश लाख र केही डेरीमा पाँच लाखका दरले अनुदान सहयोग भएको छ। वर्षायाममा सडकको कारण ढुवानीमा समस्या रहेको स्थानमा अनुदान पछि सहज भएको छ। कच्चा दूध शहर बजारमा लगेर बेच्नुको सट्टा गाउँघरमै डेरी सञ्चालन गरी मूल्य अभिवृद्धिमा सघाउ पुग्ने र रोजगारी व्यवस्थापन हुने देखिएको छ।

जिल्ला पशु सेवा कार्यालय इलामको तथ्यांक अनुसार इलाममा वार्षिक २४ हजार मेट्रिक टन भन्दा बढी दूध उत्पादन भइरहेको छ। यहाँ उत्पादित धेरै दूध स्थानीय डेरीले नै प्रशोधन गर्ने गरेका छन्। डेरीले दूधबाट घिउ, छुर्पी, चिज, बम्बैसन लगायतका परिकार बनाएर बजारमा लैजाने गरेका छन्। इलाममा उत्पादित छुर्पी अमेरिका, तथा युरोपका देशहरुमा समेत निर्यात भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement