छिन्नमस्ता गाउँपालिकाले खरिद गरेको करोडौँको मोबाइल र ल्यापटप शङ्काको घेरामा

Prabhu Bank


शुभ नारायण यादव, सप्तरी।

Saftey Pads

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आर्थिक वर्ष २०७६। ७७ मा मोबाइल र ल्यापटप खरिदमा मात्र झण्डै आधा करोड भन्दा बढी खर्च भएको देखिएकाे छ। कोरोना महामारीका कारण जनताहरू बन्दा बन्दीमा रहेका बेला छिन्नमस्ता गाउँपालिकाले मोबाइल सेट र ल्यापटप खरिदमै गाउँपालिकाकाे झण्डै आधा करोड बजेट सकेको हो।

ति सामानहरू व्यक्तिगत रुपमा जनप्रतिनिधिहरूले आफूखुसी चलाउँदै आएकाे आरोप स्थानीयले लगाएका छन्। गाउँपालिकाको जिन्सी शाखाको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७६। ७७ मा ७ थान मोबाइल सेट खरिदमा २ लाख ८८ हजार १० रुपैयाँ र विभो कम्पनीको ३ थान मोबाइल सेट खरिदमा १ लाख ८९ हजार ६ सय खर्च भएको छ। यस्तै सामसुङ कम्पनीको २ थान मोबाइल सेट खरिदमा ३२ हजार, नोकिया कम्पनीको ६ थान मोबाइल सेट खरिदमा २४ हजार ३ सय र रेडमी मोबाइल सेट ३ थान खरिदमा १ लाख ३५ हजार खर्च भएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

यसैगरी गाउँपालिकाले खरिद गरेका ति मोबाइल सेटहरु अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरूले चलाइरहेको श्रोतले जनाएको छ। रेडमी मोबाइल सेट ३ थान खरिदमा १ लाख ३५ हजार खर्च भएको जनाएको छ। तर मोबाइल सेट खरिदको नाउँमा बजेट खर्च भइसकेको जिन्सी शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यसैगरी ३५ थान ल्यापटप खरिदमा २६ लाख ७५ हजार ३ सय ४४ रुपैयाँ १५ पैसा, एसर कम्पनीको ल्यापटप १६ थान खरिदमा १४ लाख १५ हजार २ सय ६२ रुपैयाँ १० पैसा र ३७ थान प्रिन्टर र  प्रिन्टर खरिदमा ८८ लाख ७ हजार ९५ रुपैयाँ ७५ पैसा खर्च भएको जनाएको छ।

छिन्नमस्ता गाउँपालिकाले मोबाइल सेट र ल्यापटप खरिदमै कुल ५६ लाख ४६ हजार ६ सय ११ रुपैयाँ भन्दा बढी खर्च गरिएको गाउँपालिका श्रोतले जनाएको छ। यता सो मोबाइल सेट र ल्यापटप खरिद गरिएकाबारे सर्वसाधारणले खोजी गर्न थालेका छन्। सामान खरिद जै नगरी बिल मात्र पेश भएर आर्थिक अपचलन भएको शंका स्थानीयको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

यता छिन्नमस्ता गाउँपालिका वडा न. ६ का वडाअध्यक्ष बिरेन्द्र साह मण्डल आफूले आफ्नो वडामा अहिलेसम्म वडा सचिवलाई समेत ल्यापटप तथा मोबाइल नदिएको बताए। त्यस्तै छिन्नमस्ता गाउँपालिका वडा न. २ का वडाअध्यक्ष चुनचुने साहले समेत यस्तै प्रतिक्रिया दिएका छन्।

यता नेकपाका स्थानीय नेता जय प्रकाश यादवले भने छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले अहिले संसार कोरोना महामारीको त्रासले लामो समयदेखि लक डाउन रहेको मौका छोपी जनप्रतिनिधिहरूले आफूखुशी आधा करोड भन्दा बढीको मोबाइल सेट र ल्यापटप खरीद गरेर व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्।

यसैबीच सो सम्बन्धमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले आ‍व वर्ष २०७६। ७७ मा गाउँपालिकाले मोबाइल सेट तथा ल्यापटप खरिद गरेको स्वीकार्दै सो कर्मचारी र जनप्रतिनिधिहरूले प्रयोग गर्दै आइरहेको बताए।
.

 

 

 

Maruti Cement