डाक्टर गोविन्द केसीको अनशन र लाचार सरकार

Prabhu Bank

काठमाडाैं। चिकित्सा शिक्षा सुधारका माग राखेर जना डाक्टर निरन्तर लडिरहेका छन्। जसलाई आफ्नो भन्दा ज्यादा देशको स्वास्थ्य प्रणाली र अनि गरिब जनताको छोराछोरीको चिन्ता छ। तिनै अभियन्ता डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेको बुधबार २४ दिन पुगेको छ। तर उनको मागको सुनवाई तर्फ सरकारले त्यति चासो दिइरहेको देखिन्न।

Saftey Pads

उल्टै मंगलबार सरकारको एक टोली पुगेर डा. केसीलाई जिस्काएर अनशन तोड्न दबाब दिएर फर्केको छ। यता डा. केसीको सत्याग्रहप्रति धेरैले सर्मथन जनाउँदै आएका छन्। नेपाल चिकित्सक संघले त आकस्मिक र कोभिड १९ सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने चेतावनी समेत दिएको छ।

यता डा. केसीको सत्याग्रहमा स्रष्टाहरूले समेत ऐक्यवद्धता जनाँउदै यतिका दिनसम्म पनि सरकारले वार्ताको पहल नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। डा. केसीको सत्याग्रहमा सरकारी मौनताले सरकारको चरित्र उदाङ्गो भएको र सरकार उत्रिनै नसक्ने गरी माफियाको चङ्गुलमा परेको आरोप चौतर्फी उठेको छ।

कवि एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, कविहरू भोजराज न्यौपाने, श्रीबाबु कार्की उदास, ठाकुर बेल्बासे, मणी लोहनी र हेमन्त विवशले विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने

स्वास्थ्य क्षेत्रको सुधारको माग राखेर पटकपटक सत्याग्रहमा बस्नु पर्ने अवस्था सरकारमा रहेकाहरूका लागि लज्जाको विषय भएको उनीहरूको भनाइ छ। केही थान मेडिकल माफियाको अभिष्ट पूरा गर्न पनि सरकारले डा. केसीको माग पूरा गर्ने तर्फ अग्रसर नभएको आरोप एकपछि अर्को गर्दै लागिरहेको छ।

त्यसो त सरकारका एक मन्त्रीले केही दिन अघिमात्रै ‘यो अनशन बस्ने समय हैन कोरोना विरुद्ध लड्ने बेला हो’ भन्दै डा केसीको मागलाई बेवास्ता गर्दै बोलेबाट पनि यो देशमा सरकार केही थान मेडिकल माफियाको इशारामा चलेको छ भन्दा फरक नपर्ला।

धेरैले व्यक्त गरेको विचार केलाउँदा पनि डाक्टर केसीले उठाएका माग पूरा नै गर्न नसकिने नरहेको बुझ्न सकिन्छ। संविधानले निर्दिष्ट गरेको नागरिकको स्वास्थ्य , कर्णाली लगायतका दूरदराजमा अस्पताल खोल्ने लगायत जनताका  माग बोकेर एकोहोरो लडाइँमा रहेका डा. केसीको अपमान गर्दै सरकार घरी उनलाई कताबाट कता लखेट्छ त घरी अनशन बस्ने ठाँउमै गएर धरपकड गर्छ।

जनताले सामान्य सिटामोलको लागि ठूलै संर्घष गर्नुपर्छ। तर बोकाको मुखमा कुभिण्डो भने झैं मानव स्वास्थ्यका अनेक पाटाहरुमा मौनता साँधेर अघि बढ्दै गरेको सरकार सुखी जनताको परिकल्पनामा कोरा कल्पनामा रुमलिन्छ, अनि आर्थिक क्रान्तिका ठूला ठूला सपना देखाएर जनतालाई हरेक दिन विदेश घचेट्छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले लगाए राष्ट्रपतिका हातबाट टीका

स्वास्थ्य क्षेत्रलाई माफियाको चंगुलबाट मुक्त गर्न र  सुशासन कायम गराउन अनशनमा बसेका डा. केसीहरुको उपहास गर्छ। स्वास्थ्य क्षेत्रको सामान्य जानकारी समेत नभएका बुंगाहरुलाई देशको स्वास्थ्य क्षेत्रको ताल्चासाँचो सुम्पिन्छ।

आफूभन्दा ज्यादा देश र जनताको स्वास्थ्य सुधार र परिवर्तनको लागि पटक पटक अनशन बस्नु डा केसीको रहर हैन। उनले उठाएका मागहरु पूरा गर्न नसक्ने लाचार सरकार र त्यसमा आसिनहरुको अल्पज्ञानका कारण यो मुलुकमा स्वास्थ्य सेवा सधैँ कागलाई बेल पाक्यो हर्ष न विष्मात् झैं हुँदै आएको छ।

एकाथरी मानिसहरु साधारण स्वास्थ्य उपचारको अभावमा अनाहकमा मारिनु पर्छ भने अर्कोथरी मेडिकल माफियाको आडमा मोटाउन खोज्नेहरुबीचको खाडल पुर्न सकिएन भने डा. केसीको पटक पटकको आन्दोलनले कुनै सार्थकता पाउन सक्दैन। डा केसीको प्राणमा तलमाथि हुन गएमा त्यसको सम्पूर्ण भागीदार दुई तिहाईको अहम सरकारले व्यहोर्नु पर्ने आवाज यतिबेला उठिरहेको छ।

एउटा अनुभवी डाक्टरले स्वास्थ्य शिक्षामा सबैकाे पहुँच हुनुपर्छ भन्ने माग राख्दै लगातार सत्याग्रह गर्नु पर्ने कस्तो नालायक जनप्रतिनिधि भएको मुलुकका जनता हामी?

Maruti Cement