कविता: गोविन्द के.सी. मुर्दाबाद !

Prabhu Bank

-राम कुमार सुवेदी

Saftey Pads

गोडा दश एक
खुट्टा भाँचिएकालाई
हाम्रो भन्छ
गोडा पाँच एक
हात मर्काएकालाई
काम्रो नलगाएर
राम्रो उपचार हुनुपर्छ भन्छ

दश-पाँच हाजिर नगरेर
बारबार अनसन बस्छ
नीजि क्लिनिक नखोलेर
वरपर जान्छ
लड़डु बनाईदियो
वारपार लड्छ

मार्सी खाने बेलामा
गाउँमा ढिडो खान्छ
गाउँलाई ठाउँ दिऊँ भन्छ
पाखालाई किन काखा भन्छ
यो पाखे हो
एकपाखे गोविन्द
डा. के.सी. मुर्दाबाद, मुर्दाबाद!

उसलाई के थाहा
सहरको सयर
गाउँलेलाई के परवाह
नगरको रहर
गाउँ त हामीले
सबै नगर बनायौं
गाउँलेले हामीले
धेरै न गर पिता बनायौं

भेल तरेर
भलो गर्दै हामीसँग
खेल खेल्छ
भीड बटुलेर
आलो घाउ निको पार्दै हामीलाई
झेल गर्छ

राजपाठ हाम्रो खोस्ने हो कि
कामकाज हाम्रो देख्ने हो कि
गामबेँसीको गीत गाउँछ
कामबासीको मात्रै हित भन्छ
चार भञ्ज्याङ्गभित्र मात्रै
बन्दोबस्त हुनुपर्छ अरू नेपाल बन्द
गोपाल हो कि गोविन्द
डा. केसी मुर्दाबाद, मुर्दाबाद!

कसका लागि लडेको हो
आफ्ना छैनन्
कसका लागि बढेको हो
आफन्त छैनन्
आफ्ना लागि हुँदैन
आफ्नालाई जाँदैन
आफूसगैं लाँदैन
आफ्नालाई छोड्नु छैन

कति जागेको हो
सुतेकाहरुको लागि
कति मरेको हो
मर्नेहरू-

जीउँदै मरेकाहरुको लागि
तर मार्न
झण्डा बोकेकै छौँ
रहर मार्नलाई
डण्डा बजाएकै छौं
दण्ड दिएकै छौँ
काण्ड मच्च्चाएकै छौँ
उदण्ड देखाएकै छौं

बारबार बिरामीको
व्यथा बोल्छ
हामीलाई पोल्छ
शहर बजारलाई
सधैं प्रहार गर्छ
हामीलाई दुख्छ
भन्छ कमिसनबाद मुर्दाबाद
कुर्लन्छ गाऊँ गाउँले जिन्दाबाद

पागल हो कि पागलबाद
एक पाखे हो कि पाखाबाद
गोबिन्द के.सी मुर्दाबाद, मुर्दाबाद!
डाक्टर केसी मुर्दा भएसी मुर्दाबाद!

हाल अमेरिका
(फेसबुकबाट साभार)

Maruti Cement