काेराेनाबाट नेपाली कांग्रेसका पूर्वनेताकाे मृत्यु

Prabhu Bank

काठमाडाैं। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड–१९ को सङ्क्रमणबाट आज निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा आज अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेका नामबाट चर्चित प्रसाईँलाई ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

Saftey Pads

विसं २०४८ को आठौंँ महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उनी विसं २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए। विसं १९७८ माघ १५ गते जन्मेका प्रसाईं पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो।

उनका पत्नी, तीन छोरा र दुई छोरी छन्। उनको निधनमा कांग्रेसका प्रवक्ता शर्माले शोक व्यक्त गर्दै यसप्रकारकाे ट्वीट गरेका छन्, ‘‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो, शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा।’’

अन्य सम्बन्धित समाचार:  चीन: एक लक्षणरहित संक्रमित भेटिए, ४७ लाखको परीक्षण गरिँदै
Maruti Cement