कोरोना विशेष अस्पताल बेलझुण्डीमा एक संक्रमितकाे मृत्यु

Prabhu Bank

दाङ। कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक महिलाको मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थायी गर भएकी ६६ वर्षीया महिलाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका प्रमुख डा सर्वेश शर्माले जानकारी दिए। शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।

Saftey Pads

यसअघि भैरहवा मेडिकल कलेजले शुक्रबार मात्रै ती महिलालाई उपचारका लागि दाङमा रिफर गरेको थियो। भैरहवामा आईसीयू बेड खाली नभएपछि त्यहाँबाट बेलझुण्डी कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो। डा शर्माले भने, ‘शुक्रबार राति १० बजे अस्पताल आइपुगेकी ती महिलाको आईसीयूमा राखेर उपचार गरिराखेका थियौँ, उपचारकै क्रममा बिहान ८ बजे मृत्यु भयाे।’

उनको शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गरिरहेका] छ।

अन्य सम्बन्धित समाचार:  बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
Maruti Cement