म शिवांश

  • इन्दु धामी, महेन्द्रनगर
Prabhu Bank

धर्तीमा पाइला टेकेको एक वर्ष भयो
एक वर्ष पहिले आजकै दिन मलाई
मामुले जन्मदिइन्।
आज म पुनः जन्मदिएको छु,
आज बाबाले पनि मलाई
जीवन दिएका छन्।

Saftey Pads

हो,
आजकै दिन म जन्मिएको थिए,
मेरी आमाले दिएको त्यो
दस महिना आफू भित्रको सेवा
त्यसपछि दसौं महिना मेडिकल वार्डको सेवा
कति रोए बा,आमा मलाई बचाउन

त्यही भएर अचेल म,
आमाको काखमा खेल्दा
सधैं मेरी आमा,
सहनशीलताको मापन कस्तो हुन्छ भनेर प्रश्न गर्छु?

ता कि भनिदिउँन मेरो मन बुझाउन मात्रै पनि
‘दुखाई नै महसुस हुँदैन’
अनि बा हजुर मेरो जीवन रेखा
भनिदिनुस् न
पर्खाइको समय कति लामो हुन्छ?
ता कि बा ‘ले पनि भनिदिउँन ‘अब त नेटो काटिसक्यो’

कस्तो प्यारो र श्रद्धेय साइनो
जस्को मायामा मुटु भरिएको हुन्छ,
जस्को श्रद्धामा मेरो शिर सधैं निहुरि रहने छ।
प्रिय बाबा जस्को निस्वार्थ त्यागमा
मेरो छाती गर्वित हुनेछ।

जन्मिदै थला परिसकेको
मलाई बचाउने हजुरको
विश्वासले आकार कसरी पो लियो?
खै बाबा भनिदिनुस् न
प्यारी मामु,
हजुरलाई दसौं महिना चिच्याउदै
मेडिकलमा वार्डमा बस्ने हिम्मत नआएको भए,
आज म पुर्नजन्ममा हुन्थेन!
हजुरले खिल गडेर नबसिदिएको भए,
आशा बोकेर नहिँडिदिएको भए,
मलाई हेरेर नपत्याएको भए,
माया गरेर नराखिदिएको भए,
म जन्मदिनको कल्पना समेत गर्ने थिएन

बा, आमा हजुरले दिएको
सहनशीलता
पखाई
विश्वास
मायाले
म शिवांश कर्तव्यनिष्ठ बन्नेछु
मलाई धर्तीमा पाइला टेकाउने भगवान,
अर्थात बा, आमा हजुर प्रति हार्दिक नमन
उच्च सम्मान!

 

Maruti Cement