प्रदेश २ मा अनुसन्धान ब्युराेसम्बन्धी विधेयक पारित

Prabhu Bank

बटुकनाथ झा, जनकपुर।

Saftey Pads

प्रदेश २ को प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो गठन सम्बन्धी विधेयक सर्वसम्मत पारित गरिएको छ। विधेयक पारित भएसँगै प्रदेश २ सरकारले अब आफ्नै अनुसन्धान ब्युरो गठन गर्न पाउने भएको हो। आइतबार बसेको प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो गठनसम्बन्धी विधेयक संशोधन सहित सर्वसम्मत पारित गरिएको छ। बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संशोधन सहितको सो विधेयक सभामा लगेपछि प्रस्ताव पारित भएको छ।

विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ। विधेयकमा मन्त्री परिषदले कुनै विषयमा अनुसन्धान गर्नका लागि आदेश दिएमा ब्युरोले सो को अनुसन्धान गरी प्रतिवेदन मन्त्रिपरिषद् समक्ष प्रस्तुत गर्नसक्ने उल्लेख छ। प्रदेश प्रमुखले यो विधेयकलाई प्रमाणीकरण गरेसँगै कानुनको रुप लिने छ। प्रदेशसभाको अर्को बैठक असोज २६ गते सोमबार दिउँसो १ बजे बस्ने छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
Maruti Cement