वि.सं. २०७७ आश्विन २६ गते सोमवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज
भद्रा ११ः२२ बजेसम्म।

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरूलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  पारिवारिक असहमति एवं छरछिमेकमा तथा सहकर्मीबीच द्वन्द बढ्नसक्ने छ। संयम अप्नाउनु उचित हुनेछ। महत्त्वपूर्ण ठानिएको कामकार्यमा साविकभन्दा बढी मेहनतले मात्रै अल्पलाभ मिल्ने छ।

वृषः  दिन सफलताप्रद देखिएको छ। खेलकुद तथा शारीरिक प्रतिस्पर्धा आदिमा प्रगति हुनेछ। पेशा तथा नोकरी एवं व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। दाजुभाइबीचको सम्बन्धमा सुधार आउने छ।

मिथुनः  व्यवसायिक तथा पेशागत उन्नति भइ आर्थिक लाभ हुनेछ। सामाजिक कार्यमा भूमिका दिन पाइने छ। कुटुम्बिक सम्बन्धमा भने ख्यालपुर्याउन जरुरी देखिन्छ। आय र अपव्यय दुबै हुनसक्ने छ।

कर्कटः  शेयर तथा व्यवसायिक कार्यमा लगानीको अवसर मिल्ने छ। शारीरिक उमङ्ग एवं मानसिक बल बढ्न गई कार्यमा जाँगर चल्नेछ। केही राहत तथा शान्ति र सन्तोषको महसूस हुनेछ। पेशागत लाभ हुनेछ।

सिंहः  संघर्ष तथा प्रतिकूलताको बाबजुत अनपेक्षित रुपमा कुनै काम बनेर अप्रत्यासित रुपमा लाभ एवं उपलब्धि हातपर्ने छ भने अर्कोतर्फ कार्यमा अपयश र खर्चमा वृद्धि नहोला भन्नसकिन्न।

कन्याः  लगनशीलतापूर्वक कर्मक्षेत्रलाई समय दिएर बढी फाइदा उठाउनु तपाईको लागि बुद्धिमानी हुने दिन रहेको छ। साह्रो गाह्रो कामलाई सम्पन्न गर्न सकिने छ। हिम्मत बढाउनु होला।

तुलाः  केहीहद्सम्म उद्यम, व्यवसाय तथा व्यापार फस्टाउने र आम्दानी बढ्ने छ। किसान तथा अन्य पेशाकर्मीको लागि पनि समय सन्तोषकर रहने छ। प्रशंसा बढ्ने छ। सामाजिक प्रभुत्व विकास हुनेछ।

वृश्चिकः  दिन सुधारोन्मुख रहेको छ। धार्मिक कार्यमा मन लाग्ने छ। आध्यात्मिक चेतना अभिवृद्धि हुनेछ। मानसिक र शारीरिक रुपमा सुख, शान्तिको महसूसी हुनेछ। पेशागत उन्नति भई आर्थिक लाभ हुनेछ।

धनुः  स्वास्थ्यमा प्रतिकूलता देखिनसक्ने छ। दीर्घरोगीले खानपान एवं औषधोपचारमा ध्यान दिनुपर्ला। कामकार्यमा संघर्षको अनुभव हुनेछ। संपत्तिको खतिक्षति र शत्रु वृद्धिको संभावना नकार्न सकिन्न।

मकरः  समय अनुसारको यात्रा तथा घुमफिर हुनेछ। विपरित लिङ्गीको सहयोगमा विशेष काममा सफलता मिल्ने छ। प्रेमपारखीको लागि समय अनुकूल रहेको छ। दाम्पत्य सुख मिल्नेछ। व्यापार वृद्धि हुनेछ।

कुम्भः  अड्केर रहेका कामकार्यलाई पूर्णता दिन सकिने छ। व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट उचित रुपमा आर्थिक लाभ गर्नसकिने छ। आफ्नो प्रतिभा देखाएर मान्छेको मन जित्नसकिने छ।

मीनः  विद्यार्थीले प्रयत्न गरेरमात्रै ज्ञानलाभ गर्न सकिने छ। लेखक प्रवचकहरुलाई पनि समय तसै अनुकूल रहने छ। विद्वतताको सदुपयोग गर्न पाइने छ। बुद्धि विवेकले कामलिनु बुद्धिमानी हुनेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।