कर्णालीमा मुख्यमन्त्री शाहीलाई हटाउन पूर्वएमालेहरू एकजुट

Prabhu Bank

सुर्खेत। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फेर्न पूर्वएमालेका सांसदहरु एकजुट भएका छन्।

Saftey Pads

शाही विरूद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा भित्र नयाँ विवाद सुरु भएको छ। नेकपा संसदीय दलको कार्यालयमा १८ प्रदेश सभा सदस्यले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

शाही पूर्वमाओवादी कोटाबाट मुख्यमन्त्री बनेका हुन्। पूर्वएमालेहरूसँगै ३ पूर्वमाओवादी सांसद पनि शाहीलाई हटाउन लागिपरेका छन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका मात्रै ३३ सांसद छन्। तीमध्ये २० पूर्वएमाले तथा १३ पूर्वमाओवादीबाट सांसद भएका हुन्। शाहीविरूद्ध पूर्वएमालेका १५ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल खेमाका सांसदहरू छन्। अविश्वास प्रस्तावको नेतृत्व सांसद यमलाल कँडेलले गरेका छन्। उनी यसअघि मुख्यमन्त्रीका दावेदार थिए।

अन्य सम्बन्धित समाचार:  नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने

तर नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भागबण्डा भएपछि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा पूर्वएमालेले तथा कर्णाली र सुदूरपश्चिममा पूर्वमाओवादीले मुख्यमन्त्री पाएपछि कँडेलको सपना चकनाचुर भएको थियो।

अब संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीको बारेमा थप निर्णय गर्नेछ। बैठकले शाहीलाई हटाएर कँडेललाई संसदीय दलको नेता बनाउने सम्भावना छ। तर यि सबै कुरामा केन्द्रको निर्णय नै निर्णायक हुने छ।

Maruti Cement