कोरोना भाइरसकाे जीवाणु पैसा, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्न सक्ने

Prabhu Bank

काठमाडौं।

Saftey Pads

एक अध्ययनले कोरोना भाइरसकाे जीवाणु पैसा, सिसा र स्टिलको सरसामानमा २८ दिनसम्म बाँच्न सक्ने देखाएको छ। कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने अष्ट्रेलियाली शोधकर्ताले सोमबार बताएका छन्। त्यसैले महामारीकाे रुपमा रहेकाे काेराेनाबाट सुरक्षित रहन तारन्तार हात धुनुकाे साथै अन्य सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष्कर्ष छ।

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका शोधकर्ताहरुले गरेकाे अध्ययनमा याे तथ्य पत्ता लागेकाे हाे। यद्यपि यो अध्ययन अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो। यद्यपि पछिल्लो एक अध्ययनले भने सूर्यको प्रत्यक्ष किरणले पनि कोरोना भाइरस मर्न सक्ने देखाएको छ।

यो अध्ययनअनुसार २० डिग्री सेल्सियरको स्थिर तापक्रममा बैंकमा रहने नोट वा मोबाइलको स्क्रिनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने पाइएको हो। इन्फ्लुएन्जाको भाइरस बढीमा १७ दिनसम्म सतहमा जीवित रहन सक्छ।

Maruti Cement