दुई अमेरिकी नागरिकले पाउने भए यस वर्षकाे अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

Prabhu Bank

काठमाडौं। अर्थशास्त्रतर्फको नोबेल पुरस्कार यस वर्ष दुई अमेरिकी नागरिककाे पाेल्टामा परेकाे छ। द स्विडिस एकेडेमी अफ साइन्सले साेमबार घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो। उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो। अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्। यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।

Saftey Pads
Maruti Cement