गायक आदित्य नारायणले गरे विवाहकाे घोषणा

Prabhu Bank

एजेन्सी।

Saftey Pads

गायक उदित नारायणका छोरा एवं गायक आदित्य नारायणले विवाहकाे घोषणा गरेका छन्। आदित्यले प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग विहे गर्न लागेकाे बुझिएको छ। यसअघि आदित्यको विहे गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्करसँग हुने चर्चा चलेको थियो।

तर आदित्य १० वर्षदेखि श्वेतासँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। १० वर्षको सम्बन्धलाई विहेमा परिणत गर्न दुबैका परिवार राजी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आदित्यले श्वेतासँग आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘शापित’को सेटमा भएको र एकअर्कालाई मन पराउन थालेको बताएका छन्। आदित्यले आँउदाे नाेभेम्बर वा डिसेम्बरमा विहे गर्नेगरी परिवारमा सल्लाह भइरहेको जानकारी दिए।

Maruti Cement