गर्भवतीको अल्ट्रासाउन्ड गर्ने नक्कली डाक्टर पक्राउ

Prabhu Bank

पर्सा। पर्साको वीरगन्ज महानगरपालिका २ छप्कैयास्थित यादव अल्ट्रासाउन्ड सेन्टरबाट प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ।

Saftey Pads

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका ३ का नारद साह रहेका छन्। उक्त अल्ट्रासाउन्ट सेन्टरमा उनले डा शिवशंकर यादवको नाममा अल्ट्रासाउन्ड गर्दै आएका थिए।

खासगरी साहले गर्भीवतीलाई औषधी बिक्री गर्ने काम गर्दै आएका थिए। प्रहरीले साह विरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिमको इलाज सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

साहले अन्य विरामीको समेत चेकजाँच गर्ने तथा औषधी लेखेर दिने गरेको पाइएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु
Maruti Cement