मंगलबार काठमाडौँका यी स्थानमा काटिनेछ विद्युत्

Prabhu Bank

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि मंगलबार बिहान काठमाडौँमा विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ।

Saftey Pads

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका विभिन्न ठाउँमा मंगलबार बिहान ६: ३० बजेदेखि १० बजेसम्म विद्युत् काटिने छ।

प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिने छ।

यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ् हुँदै हनुमन्त भीमसेनस्थान, परोपरकार, रामघाट, शान्ति निकेतन स्कूल, मरुहिटी, ढोकाटोल र नरदेवी अस्पताल अगाडिसम्म विद्युत् काटिनेछ।

यस्तै क्षेत्रपाटीचोक, जैशीदेवल, ज्यावबहाल, चिकमुगङ्ल, भीमसेनस्थान फिडरअन्तर्गत अन्डरग्राउण्ड हुँदै टेकु नेशनल टे«डिङको बाहिरपट्टि काठमाडौँ विजनेशपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रम्हटोल, जैशीदेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  चन्द्रमाको सतहमा भेटियो पानी
Maruti Cement