मुख्यमन्त्री प्रकरण: कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाडाैं बाेलाइयाे

Prabhu Bank

काठमाडाैं। नेकपाले कर्णाली प्रदेशका मुख्य पदाधिकारी मुख्यमन्त्री शाही, नेता यमलाल कँडेललगायतलाई काठमाण्डाै बोलाएको छ। मङ्गलबार बालुवाटारमा छलफलपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई छलफलका लागि काठमाण्डाै बोलाएका हुन्।

Saftey Pads

नेकपा पदाधिकारीहरुलाई दुई दिनभित्र काठमाण्डाै आउन भनिएको नेकपा स्रोतले जनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका सांसदहरुले यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप चुलिएको छ।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए। माधव नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति भएसँगै अविश्वासकाे प्रस्तावको पक्षमा रहेका सात जना सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद भने तत्कालका लागि जोगिएकाे छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका

माधव नेपाल पक्षका नेताको साथ पाएपछि मुख्यमन्त्री शाहीले मङ्गलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन्। मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए।

नेपाली प्रमुख सचेत बनेलगत्तै सचेतकमा शाह नियुक्त भएका हुन्। अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले मुख्यमन्त्री शाहीको काम कारबाही सन्तोषजनक नभएको आरोप लगाएका छन्। शाही पूर्वमाओवादीको तर्फबाट कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए।

Maruti Cement