सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

Prabhu Bank

राजविराज। सप्तरीमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ।

Saftey Pads

राजगढ गाउँपालिका–६ का ५९ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

छातीमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। ती पुरुषमा असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द
Maruti Cement