घट्याे सुनचाँदीकाे भाउ

Prabhu Bank

काठमाडाैं। आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ कायमा भएकाे थियो।

Saftey Pads

यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ। हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताए।

Maruti Cement