काठमाडाैं उपत्यकामा आज मात्रै १ हजार ४ सय ३ जनामा कोरोना

Prabhu Bank

काठमाडाैं। गएको २४ घण्टामा १ हजार ४ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डौमा ९ सय ९६ जना, भक्तपुरमा १ सय २ जना र ललितपुरमा ३ सय ५ जनामा सङ्क्रमण देखिएको हो।

Saftey Pads

यसैबीच पछिल्लो २४ घण्टामा देशैभर दुई हजार ६ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको छ।

त्यस्तै बुधबार दुई हजार एक सय ७४ जना डिस्चार्ज भएर घर फर्किएसँगै अब आइसोलेशनमा रहने सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार तीन सय ६७ रहेको छ।

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा बम विष्फोटमा सातको मृत्यु
Maruti Cement