कोरला नाका खोल्न पहल

Prabhu Bank

काठमाडौँ। सरकारले चिनसितको कोरला नाका खोल्न पहल थालेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको बुधबार स्थलगत निरीक्षण गरेका छन्।

Saftey Pads

सीमामा रहेका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि पुगेका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताए।

कोरला नाका सञ्चालनमा आए नेपालको व्यापार प्रवर्धनमा सहयोग पुग्ने भन्दै दुवै मन्त्रीले नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने जानकारी दिए।

उद्योगमन्त्री भट्टले कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेकाले यसको सञ्चालनले नेपाल चीन व्यापार सम्बन्धमा थप सुधार आउने बताए।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा सोलारबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा

मन्त्रीसँगै परराष्ट्र र उद्योग सचिव पनि कोरला नाका पुगेका थिए।

Maruti Cement