नवनियुक्त तीन मन्त्रीको सपथ बिहीबार

Prabhu Bank

काठमाडौं। सरकारले बुधबार नियुक्त गरेका तीन मन्त्रीहरूले बिहीबार बिहान पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

Saftey Pads

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए। उनले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास तथा सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका थिए।

तीनै जनाले आज शितलनिवासमा सपथ लिने भएका छन्।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन्। पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका छन्।

अन्य सम्बन्धित समाचार:  भारतसँग बेका सम्झाैतापछि अमेरिकाले भन्याे- चीनविरुद्ध भारतको साथमा छाैं

त्यस्तै यसअघि महिला तथा बालबालिका मन्त्रालय सम्हालिरहेका पार्वत गुरूङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ।

Maruti Cement