बैतडीमा झडप हुँदा गाउँपालिका अध्यक्षसहित १४ घाइते

Prabhu Bank

बैतडी। बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ।

Saftey Pads

सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए। केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको हो।

झडपमा परेर ५ प्रहरी पनि घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले लगाए राष्ट्रपतिका हातबाट टीका

घटनास्थलमा सशस्त्र प्रहरीको टोली खटाइएको छ।

Maruti Cement