बाग्लुङ: प्रहरी, सेना र जनप्रतिनिधि सहित थप ५१ जनालाई कोरोना संक्रमण

Prabhu Bank

सुवास आचार्य, बाग्लुङ। बाग्लुङमा नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र उच्च अदालत पोखरा बागलुङ इजलासका कर्मचारी सहित थप ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

Saftey Pads

क्षयरोग उपचार केन्द्र पोखरामा बिहीबार गरिएको परीक्षणमा काठेखोला गाउँपालिकाका २०, २० वर्षीय दुई जना पुरुष, तमानखोला गाउँपालिकाका २६ वर्षीय एक पुरुष र २९ र ३६ वर्षीया दुई जना महिला, बागलुङ नगरपालिकाका ३०, ३७, २६, २४, ३१, २३, ५०, २६, २७, ३३, २६, ४६, २, ३४, ५२, ५५, ४५, ३२, ३५, ४०, ५०, ३८, ३६, ३६, ३५, ३४, ३५, १२, ३४, २८, २०, २१, २१, २३, २९, २७, २८, २५, २५, २१ र २६ वर्षका ४१ जना पुरुष र १४, १०, ४४ र ३१ वर्षीया चार महिलालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

बाग्लुङ नगरपालिकाका संक्रमितहरु मध्य नेपाली सेनाका २२ जना र सेनाको एक शिशु, १४ जना नेपाल प्रहरी, उच्च अदालत पोखरा बाग्लुङ इजलासका तीन जना, एक जना बागलुङ नगरपालिकाका जनप्रतिनिधि र पाँच जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन्।

अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङ बाट भेटिएका र काठेखोलाका दुई जना र मानखोलाका तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए।

उनले बागलुङ नगरपालिकामा भारतदेखि आएका पाँच जना मध्य तीन जना होम क्वारेन्टाइनमा र दुई जना नगरपालिकाको क्वारेन्टाइनमा बसेको बताए। संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा कोरोनाबाट थप चारजनाको मृत्यु: २५२ संक्रमित थपिए
Maruti Cement