सप्तरीमा थप एक कोरोना संंक्रमितको मृत्यु

शुभ नारायण यादव, सप्तरी। कोरोना भाइरस कोभिड १९ का कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा आज थप एक संक्रमितको मृत्यु भएको छ। नगरपालिकाकाे वडा नम्बर २ महादेवपट्टि की ४२ वर्षीया बसिरा खातुनको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य शाखा कञ्चनपुरले जनाएको छ।
उनी बिरामी भएर १५ दिनदेखि विराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार गराइरहेकाेमा उपचारकै क्रममा बिराट नर्सिंङ होममा सीटीस्क्यान गराउँदा क्यान्सर, आन्द्रामा खराबी, फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।
२६ गते धरानमा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि बिरामीको अवस्था गम्भीर रहेकाले उनलाई अस्पतालले घर लैजान भनेपछि २७ गते घर ल्याई स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइसोलेसनमा राखिएको थियाे। उनकाे आज बिहान आफ्नै घरमा मृत्यु भएको स्वास्थ्य शाखा सप्तरीले जनाएको छ।
याेसँगै सप्तरीमा हालसम्ममा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे सङ्ख्या २३ पुगेकाे छ।
अन्य सम्बन्धित समाचार:  नमूना संकलन नभएपछि सेती अस्पतालमा कोरोना परीक्षण रोकियो
Maruti Cement