२४ घण्टामा ३ हजार ७ सय ४९ संक्रमित थपिए: ३ हजार ५६४ डिस्चार्ज

Prabhu Bank

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेको छ।

Saftey Pads

त्यसैगरी देशभरमा ३ हजार ५६४ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म देशमा कोरोना जित्नेको संख्या ८४ हजार ५१८ पुगेको छ।

हाल देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ४ हजार ८२५ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको परीक्षण भएको जानकारी दिएका छन्।

Maruti Cement