बैतडी: सुर्नया गाउँपालिका-५ का वडाध्यक्षकाे मृत्यु

Prabhu Bank

दिपक महरा, बैतडी। बैतडीको सुर्नया गाउँपालिका-५ का वडाध्यक्ष केशब मडैको निधन भएको छ। उनको बिहीबार ७० वर्षको उमेरमा निधन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार बिहान घरमै रहेका बेला एक्कासी मुर्छा परेर ढलेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल बैतडीमा पुर्याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो।

Saftey Pads

मृतक वडाध्यक्ष लामो समयदेखि सुगर, प्रेसर र जण्डिसको बिरामी रहेका सुर्नया गाउँपालिकाका उपाध्यक्ष लिला विष्टले जानकारी दिए। वडाध्यक्ष मडैको ३-४ दिन देखिनै स्वास्थ्य अवस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

उनका अनुसार परिवार तथा आफन्तले कालगतिले मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लिएर गएका छन्।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement