शेयर बजार: नेप्से सामान्य उकालाे

Prabhu Bank

काठमाडाैं। शेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य बढेको छ। नेप्से एक दशमलव २९ अङ्कले बढेर १५ सय ६२ दशमलव ४६ अङ्कमा पुगेको छ।

Saftey Pads

बिहीबार बैंक, जलविद्युत्, सामूहिक लगानी कोष, व्यापार र अन्य समूहको शेयर सामान्य बढे पनि अरु समूहको शेयर ओरालो लागेको छ। उत्पादन समूहको शेयर २९ अङ्कले, निर्जीवन बीमा समूहको २४, जीवन बीमा समूहको १६ र होटल समूहको शेयर १५ अङ्कले घटेको छ।

बिहीबार एक अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबरका ४९ लाख ९४ हजार कित्ता शेयर किनबेच भए। सबैभन्दा धरै नेपाल पूनर्बीमा कम्पनीको सात करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।

बिहीबार नेपाल फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ। तर गुराँस लघुवित्त वित्तीय संस्था र आँखुखोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।

अन्य सम्बन्धित समाचार:  ४१ दशमलव २० अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ३ अर्ब
Maruti Cement