‘झलनाथ खनालको फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या’

Prabhu Bank

काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालको फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या आएको ह्याम्स अस्पतालले जानकारी दिएको छ।

Saftey Pads

खनालको उपचार भइरहेको ह्याम्सले जारी गरेको प्रेस नोटमा उनको शरीरमा पानीको मात्रा बढी हुनुका साथै दुवै फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या आएकाे उल्लेख गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार उनको कोरोना भाइरस परीक्षणको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ।

अस्पतालका अनुसार खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र यही गतिमा प्रगति भएमा केही दिनमा डिस्चार्ज गरिनेछ। उनको उपचारमा डा अर्जुन कार्की, डा रक्षा पाण्डे, र डा राजु पंगेनीको टोली खटिएको छ।

अन्य सम्बन्धित समाचार:  नेकपा केन्द्रीय कमिटी बैठक स्थगित
Maruti Cement