आज काठमाडाैं उपत्यकामा मात्रै १ हजार ९ सय ३४ जनामा संक्रमण

Prabhu Bank

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ३४ जनामा कोरोना  संक्रमण देखिएको छ। काठमाडौंमा १६ सय ९३ , ललितपुरमा १३४ र भक्तपुरमा १०८ जना गरी १९ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Saftey Pads

नेपालमा कोरोना भाइरस संक्रमित संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १९ सय ३५ जनासहित ३७ सय ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरकामा १०८ गरी उपत्यकामा १९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Maruti Cement