मानवअधिकार उल्लंघनकर्ताको सूचीमा पूर्वप्रधानसेनापति थापा र पूर्वआईजीपी राना पनि

Prabhu Bank

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले २८६ मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको छ।

Saftey Pads

मानवअधिकार उल्लंघन गर्नेमा पूर्वप्रधानसेनापति प्यारजंग थापा, पूर्वआईजीपी कुवेरसिंह रानादेखि पूर्वसचिव नारायणगोपाल मलेगोसमेत छन्।

आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गरेको प्रतिवेदनमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित सिफारिश ९४० र सशस्त्र द्वन्द्वसँग असम्बन्धित २५५ सिफारिश रहेका छन्। सिफारिश गरिएका उजूरीहरु मध्ये सबैभन्दा बढी हत्याका घटनासँग सम्बन्धित छन्।

प्रतिवेदनमा आयोगबाट भएका ३४ प्रकृतिका विभिन्न सिफारिशमा ११ निकायको नाम किटान गरी तिनलाई मानव अधिकार उल्लंघनकर्ताको रुपमा समावेश गरिएको छ।

आयोगका अनुसार २०५७ देखि २०७७ सालसम्म २० वर्षमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरुको सूची राखिएको छ। आयोगले बनाएको कार्यदलले ६ महिना लगाएर प्रतिवेदन तयार गरेको हो।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ

मानवअधिकार उल्लंघनकर्ताहरुमा तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरु, तत्कालीन नेकपा माओवादीका तल्लो तहका नेताहरु, केही चिकित्सक, मानव अधिकारकर्मी, सुराकी, प्रतिकार समूहका व्यक्तिहरु, प्रधानाध्यापक र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीसम्म रहेका छन्।

मानवअधिकार उल्लंघन गर्नेमा नेपाल सरकारका सचिवसहित निजामती सेवाका कर्मचारीहरु १६, नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५, सशस्त्र प्रहरी बल, नेपालका ८, तत्कालीन नेकपा (माओवादी) का ६५, शिक्षक ४, चिकित्सक २ जना, सुराकी, प्रतिकार समूह, सेवागृह सञ्चालक एवं कैदीसहित थप ७ तथा एक मानव अधिकारकर्मी समेत रहेका छन् ।

यि मध्ये हालसम्म ३० जनालाई मात्र कानूनी कारबाही गरिएको पाइएको छ। बाँकी २५६ जनामाथि कुनै कारवाही भएको छैन।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने
Maruti Cement