प्रहरीमा ५ हजार जवानका लागि भर्ना खुल्यो

Prabhu Bank

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले ५ हजारभन्दा बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ।

Saftey Pads

प्रहरी जवान पदका लागि शुक्रबार गोरखापत्रमा सूचना निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २२७ प्रहरी जवानकाा लागि भर्ना खोलेको हो।

खुलातर्फ दुई हजार ८१७ जवानका लागि भर्ना खोलेको छ भने अरू कोटा समावेशीका लागि छुट्याएको छ।

समावेशीतर्फ सबैभन्दा धेरै आदिवासी जनजातिका लागि ७३७ कोटा छ। महिलातर्फ ४४१ जना मागेको छ। आगामी कात्तिक १६ गतेदेखि मंसिर २३ सम्म इच्छुकले फारम भरिसक्नुपर्नेप्रहरी प्रधान कार्यालयले जनाएको छ।

देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ। दरखास्त फारमको १५० दस्तुर लाग्नेछ।

कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउने छन्। उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० किलो हुनुपर्नेछ।

अन्य सम्बन्धित समाचार:  बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

महिलाका हकमा भने पाँच फिट र तौत ४२ किलो हुनुपर्नेछ। १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन्।

Maruti Cement